images
images

बैतडीकाे उदयदेव माविमा युवा नेतृत्वको उदय,विव्यस अध्यक्षमा दिपक साउद चयन

बैतडी-बैतडीको सुर्नया गाउँपालिका–४ स्थित उदयदेव माध्यमिक विद्यालय, पालिगडामा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ।

नयाँ समितिको अध्यक्षमा दिपक साउद सर्वसम्मत चयन भएका छन् भने शिक्षक अभिभावक संघको अध्यक्षमा सुरेन्द्र बहादुर महरा चयन भएका छन्।

जुझारु युवा व्यवसायीसमेत रहेका साउदको नेतृत्वमा ९ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरिएको हो।

यस्तै, महराको नेतृत्वमा ११ सदस्यीय शिक्षक अभिभावक संघ पनि गठन गरिएको हो।

विद्यालयका प्रधानाध्यापक विरसिंह साउदका अनुसार पुरानो समितिको कार्यकाल समाप्त भएपछि नयाँ नेतृत्व चयन गरिएको हो।

नयाँ समितिले विद्यालयको शैक्षिक गुणस्तर सुधार, व्यवस्थापन सुदृढीकरण तथा समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

विद्यालय व्यवस्थापन समिति अध्यक्षमा चयन भएका साउदले विद्यालयकाे सर्वाङ्गिण विकासका लागि सबै संग हातेमालो गरेर अगाडि बढ्ने बताए ।

 

सर्वसम्मत आफुलाई अध्यक्ष पदमा चयन गराएकाे भन्दै साउदले सबैकाे   सरसल्लाह लिएर संस्थाकाे हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

पछिल्लो समय विद्यालयमा युवाहरु नेतृत्वमा आएकाले विद्यालयकाे विकास हुने अपेक्षा गरिएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्