बैतडीका नवनिर्वाचित सांसद हरिमोहन भण्डारी धन्यवाद यात्रामा

बैतडी — प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका बैतडीका सांसद हरिमोहन भण्डारी यतिबेला मतदातालाई धन्यवाद दिन जिल्लाका विभिन्न पालिकामा पुगिरहेका छन्।

गत बिहीबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट विजयी भएका भण्डारीले मतदाताप्रति आभार व्यक्त गर्न जिल्लाभर धन्यवाद कार्यक्रम सञ्चालन गरिरहेका छन्।

रास्वपाका नेता विशाल भट्टका अनुसार आइतबार अन्तिम मत परिणाम सार्वजनिक भएपछि सोही दिन दशरथचन्द नगरपालिका र पाटन नगरपालिकामा धन्यवाद सभा आयोजना गरिएको थियो।

त्यसपछि सोमबार मेलौली, शिवनाथ र पञ्चेश्वर गाउँपालिकामा कार्यक्रम सम्पन्न गरिएको छ भने मंगलबार दोगडाकेदार र डिलाशैनी गाउँपालिकामा पनि मतदातासँग भेटघाट तथा धन्यवाद कार्यक्रम गरिएको थियो।

बुधबार सुर्नया गाउँपालिकामा धन्यवाद सभा सम्पन्न गरी भण्डारी पुर्चौंडी नगरपालिका तर्फ प्रस्थान गरेका छन्।

 

पुर्चौंडीबाट फर्किएपछि सिगास गाउँपालिका हुँदै जिल्लाका बाँकी स्थानमा पुग्ने कार्यक्रम रहेको भण्डारीको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

images
निको खबर
images
SKIP THIS