images
images

बैतडी सहित सुदूरपश्चिममा भाइ–बहिनी भेटघाट र माया झल्काउने भिटौला पर्व सुरु

बैतडी– चैत महिना सुरु भएसँगै बैतडी, दार्चुला, बझाङ, कैलाली र कञ्चनपुरजस्ता जिल्लामा भिटौला पर्व मनाउन थालिएको छ।

यो पर्व भाइ–बहिनीबीचको माया र सम्बन्ध झल्काउने अवसरको रूपमा चिनिन्छ।

भिटौला पर्वमा विशेष गरी माइती पक्षका दाजुभाइले बिहे भइसकेकी दिदीबहिनीको घरमा पुगेर भेट्ने परम्परा छ। सीमावर्ती भारतका केही गाउँमा पनि यो पर्वको चलन रहेको छ।

परम्परा अनुसार, चैत महिनामा ग्रामीण क्षेत्रमा खाद्यान्न अभाव हुने भएकाले माइती पक्षले छोरी वा दिदीबहिनीको घरमा खानेकुरा र विभिन्न कोसेली लिएर जाने गर्छ।

यस अवसरमा सेलरोटी, खीर, मालपुवा, गुड, फलफूल र लुगाकपडा जस्ता सामग्री दिइन्छ। ल्याइएका कोसेली छिमेकीसँग बाँड्ने चलन पनि छ।

तिहारको भाइटीकामा दिदीबहिनी माइत जाने परम्परा जस्तै, चैतको भिटौला पर्वले दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

निको खबर
images
SKIP THIS