images
images

मुटुको जटिल रोगसँग लडिरहेका अवस्थी, उपचारका लागि सहयोगको अपिल!

बैतडी — बैतडी जिल्ला पाटन नगरपालिका वडा नं. ३ तोलाघर निवासी तर्कराज अवस्थी मुटुको गम्भीर समस्याबाट पीडित भएका छन्।

मुटुको भल्वमा समस्या देखिएपछि उनको धनगढीस्थित नोभा अस्पतालमा उपचार भइरहेको थियो।

चिकित्सकका अनुसार अवस्थीको मुटुको भल्व नै परिवर्तन (भल्व चेन्ज) गर्नुपर्ने अवस्था रहेको छ।

थप जटिल उपचारका लागि उनलाई हाल भारतको लखनउस्थित अस्पतालमा रिफर गरिएको आफन्त योगेश अवस्थीले जानकारी दिए।

परिवारको आर्थिक अवस्था कमजोर रहेकाले उपचारका लागि लाग्ने ठूलो खर्च जुटाउन कठिन भइरहेको उनले बताए।

अहिले उपचारका लागि आर्थिक सहयोग जुटाउने प्रयास भइरहेको छ।

आफन्त तथा स्थानीयले तर्कराज अवस्थीको जीवन बचाउन इच्छाअनुसार सानो वा ठूलो आर्थिक सहयोग गर्न सबैमा अपिल गरेका छन्।

प्रतिक्रिया दिनुहोस्