images
images

बासुदेव आधारभूत विद्यालयको विव्यस अध्यक्षमा पुनः भानदेव भट्ट सर्वसम्मत चयन

बैतडी– बैतडीकाे बाशुदेव आधारभूत विद्यालयकाे व्यवस्थापन समिति अध्यक्षमा पुन: भट्ट चयन भएका छन्।

जिल्लाकाे सुर्नया गाउँपालिका वडा नं –३ तडीगाउँस्थित बासुदेव आधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्षमा पुनः भानदेव भट्ट सर्वसम्मत चयन भएका हुन् ।

शुक्रबार विद्यालयमा आयोजित अभिभावक तथा सरोकारवालाको बैठकले भट्टलाई पुनः अध्यक्ष सर्वसम्मत चयन गरेकाे विद्यालयका प्रधानाध्यापक विरदेव भट्टले बताए ।

भट्टकाे नेतृत्वमा ९ सदस्यीय नयाँ  विद्यालय व्यवस्थापन समिति गठन गरिएकाे हाे ।

बैठकमा उपस्थित अभिभावक तथा स्थानीय सरोकारवालाले उनको नेतृत्वमा विद्यालयको शैक्षिक गुणस्तर तथा भौतिक पूर्वाधार विकासलाई थप अघि बढ्ने अपेक्षा व्यक्त गरेका छन्।

पुनः अध्यक्षमा चयन भएपछि भट्टले विद्यालयको समग्र विकासका लागि सबैसँग सहकार्य गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यस्तै विद्यालमा नयाँ शिक्षक अभिभावक संघ पनि गठन गरिएकाे छ ।

केशब दत्त भट्टकाे अध्यक्षतामा ११ सदस्यीय नयाँ शिक्षक अभिभावक संघ समिति गठन गरिएकाे प्रधानाध्यापक भट्टले बताए ।

प्रतिक्रिया दिनुहोस्