पूर्वाधार वाच, काठमाडौं ।
वास्तु विज्ञान अनुसार घरको मध्यभागमा भर्याङ राख्नु उचित हुँदैन । त्यसैगरी घरभित्र बनेको भर्याङ भान्सा कोठा, भण्डार कोठा वा पूजा कोठाबाट सुरु भएको हुनुहुँदैन ।
एक तलाबाट अर्को तलासम्म भर्याङ निरन्तर हुन्छ । तर, पहिलो तलादेखि तेस्रो, चौथो तला चढ्ने भर्याङ निरन्तर हुनुहुँदैन । भर्याङको अन्त्य र सुरुमा ढोका हुनु पनि सही मानिन्छ ।
भर्याङ बनाइरहँदा ख्याल गर्नुपर्ने अर्को कुरा के भने भर्याङलाई सधै घडीको दिशामा मोड्नुपर्छ । वास्तु विज्ञानमा घडीको विपरित जाने भर्याङ उचित मान्दैन ।
दक्षिण पूर्वतर्फ भर्याङ बनाउन सकिन्छ, जसको मुख पूर्वी दिशामा हुनुपर्छ । उत्तर(पश्चिम जसको मुख पश्चिमतर्फ हुनुपर्छ ।
वास्तु शास्त्र अनुसार दाहिने कोणबाट झुकेको बर्ग र आयतकार सिंढी उत्तम मानिन्छ । सिंढी धेरै अग्लो वा ठाडो उचित हुँदैन । सिंढीमा पाइलाको संख्या विषम अर्थात १५, १७, २१ हुनुपर्छ ।
संख्या कहिले पनि शून्यमा पूरा भएको हुनुहुँदैन । अर्थात १०, २० वटा सिंढी हुनु हुँदैन ।
सिंढी सजिलो हुनुपर्छ । हिँड्दा थाक्ने वा लड्ने जोखिम हुनुहुँदैन । सहज रुपमा पाइला चाल्न सकिने हुनुपर्छ ।
सिंढीको उचाइ ४ इन्चदेखि ७ दशमलव ७५ इन्चको हुनुपर्छ । जबकि थ्रेडको लम्बाइ १० देखि ११ दशमलव २५ मिटरबीच हुनुपर्छ । विभिन्न एजेन्सीको सहयोगमा










प्रतिक्रिया दिनुहोस्