बैतडी-बैतडीकाे सुर्नया गाउँपालिकामा देउडा प्रतियाेगीता सम्पन्न भएकाे छ । गाउँपालिकाकाे आयाेजनामा वडा नं ५ काे राैलेश्वर मावि रामकी बरायलकाे प्राङ्गणमा बुधवारबाट शुरु भएकाे महिता तथा पुरुष देउडा प्रतियोगिता आज सम्पन्न भएकाे हाे ।
हिन्दु नारीहरुकाे महान पर्व हरितालिका तीजकाे अवसरमा पालिकाले देउडा प्रतियाेगिता आयाेजना गरेकाे हाे ।
देउडा प्रतियोगितामा पुरुष तर्फ सुर्नया ४ चनेताका जगदिश भट्ट प्रथम भएका छन् भने महिला तर्फ सिगासकी मनिषा धामी प्रथम भएकी छिन् ।
यस्तै पुरुष तर्फ सुर्नया ४ का गम्भीर लुहार द्वितीय, सुर्नया ७ का जित बहादुर तृतीय , सुर्नया ८का सेर सिहं साउद र सुर्नया ५ का डब्बल सिंह मडैले चाैथाे स्थान प्राप्त गरेका छन् ।
यस्तै महिला तर्फ कमला साउद द्वितिय भएकी छिन भने सुर्नया २ कि रतना विष्टले तृतिय हुँदा सुर्नया ५ की हजारी मडैले चाैथाे स्थान प्राप्त गरेकी हुन् ।
महिला सञ्जाल सुर्नया संयाेजक निर्मला मडैकाे सभाध्यक्षता तथा गाउँपालिका उपाध्य मञ्जु बाेहराकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे । भएकाे छ । कार्यक्रममा गाउँपालिका जनप्रतिनिधि , कर्मचारी, विभिन्न राजनीतिक दलका नेता, र सबै वडाका नागरिकहरुकाे उपस्थिति रहेकाे थियाे । देउडा प्रतियोगितामा १० पुरुष र ९ महिला गरि १९ जना देउडीयाकाे सहभागीता रहेकाे थियाे ।
तीज विशेष सहितकाे देउडा प्रतियोगिता कार्यक्रममा देउडा गायक तथा कलाकार अमृत नाथकाे समेत प्रस्तुति रहेकाे थियाे । उनले प्रत्यक्ष देउडा खेलेर दर्शकहरुलाइ मनाेरञ्जन दिलाएका हुन् ।
प्रतियोगितामा प्रथम पुरस्कार १० हजार , द्वितीय पुरस्कार ८ हजार, तृतीय पुरस्कार ५ हजार र सान्त्वना पुरस्कार ३ हजार ५ सय राखिएकाे थियाे ।
पालिकाले अगामी दिनमा पनि भाषा,कला संस्कृतिको संरक्षण गर्न यस्ता कार्यक्रम आयाेजना गर्ने जनाएकाे छ ।










प्रतिक्रिया दिनुहोस्