images
images

बैतडीका गायक भट्ट राष्ट्रिय सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्डद्वारा सम्मानित

बैतडी-बैतडीका गायक भट्ट राष्ट्रिय सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्डद्वारा सम्मानित भएका छन् ।

जिल्लाकाे सुर्नया गाउँपालिका वडा नं ४ दिकथला घर भएका गायक तथा सर्जक भट्ट सुप इन्टरटेन्मेन्ट हाउस र बाडुल्की मिडिया हाउसद्वारा धनगढीमा आयोजित तेस्रो राष्ट्रिय सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड–२०८१बाट सम्मानित भएका हुन् ।

सानै उमेरबाट गीत संगितमा रुचि राख्ने भट्टले
दर्जनाै गीत र गायनमा सर्जककाे भूमिका निर्वाह गरिसकेका छन ।

उनी निम्ताे दिए बाेलकाे देउडा गीतबाट सम्मानित भएका हुन् । गायक भानुभक्त जाेशी र भट्टकाे सयुंक्त शब्द सिर्जना तथा भट्टकै लय रहेकाे  उक्त  गीतमा गायीका   पुष्पा बाेहरा र भट्टकै आवाज छ ।

 उनलाई गायन पुरुष तफर्काे सर्बाेत्कृष्ट भाषाभाषी अवार्डबाट  सम्मानित गरिएकाे हाे ।

उत्कृष्ट ५ जना भित्र परेका गायक भट्ट भाेट द्वारा अवार्ड जित्न सफल भएका हुन् । तेस्रो ‘राष्ट्रिय सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड’बाट सम्मानित हुँदा खुसि लागेकाे भन्दै गायक भट्टले याे सम्मानले अझ उर्जा थपेकाे बताए ।

एक दशक देखि गीतसंगित क्षेत्रमा सकृय उनी अहिले सञ्चार क्षेत्रमा समेत आबद्ध छन् ।

अहिले गायक भट्ट मित्रबर मिडिया प्रालि द्वारा सञ्चालित निकाेखबरमा आबद्ध भएर सञ्चारकर्म गरिरहेका छन् ।

संगीत, संञ्चार संगै समाजिक कार्यमा सकृय गायक भट्टले सहयोगी हातहरुलाई धन्यवाद समेत ज्ञापन गरेका छन् ।

 

‘अग्रज लाई सम्मान, नयाँलाई प्रोत्साहन’ भन्ने मूल नाराकासाथ तेस्रो राष्ट्रिय सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड–२०८१ को ग्राण्ड फिनाले धनगढीको द रेसिडेन्सी ईन बैभव प्यालेस एण्ड रिसोर्टमा सम्पन्न भएको हो ।

नेपालको मौलिक कला संस्कृतिलाई बचाइराख्न यस्ता खालका अर्वाड कार्यक्रमहरूको ठूलो भूमिका रहने भएतापनि एक्लो प्रयासबाट मात्रै यस्ता अवार्ड कार्यक्रम गर्न खर्चिलो हुने हुँदा मौलिक कला संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्न राज्यले सहयोग गर्नुपर्ने सुप इन्टरटेन्मेन्ट हाउस प्रालिका अध्यक्ष अनुप चन्द ठकुरीले बताएका छन् ।

सुप इन्टरटेन्मेन्ट हाउस र बाडुल्की मिडिया हाउसद्वारा आयोजित तेस्रो राष्ट्रिय सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड–२०८१ को फाइनल अवार्ड कार्यक्रममा बरिष्ठ देउडा गायक तथा सर्जक नरेन्द्र राज रेग्मीलाई नगद ११ हजार १ सय ११ सहित लाइफ टाइम एचिभमेन्ट सम्मान, भुवन दाहाल (दशक गायन सम्मान), संगिता शाह (दशक गायिका सम्मान), नर बहादुर शाह (निर्मल) (लाइभ देउडा सम्मान), दिपक उपाध्याय (समाजसेवी सम्मान), तिर्थ राज पन्त (युवा समाजसेवी सम्मान), भरत बिक्रम शाह (पर्यटन प्रर्बद्वन सम्मान), भुवन प्रकाश बडु र चन्द्र चौधरी (चाँद)लाई दशक कला सम्मानबाट सम्मानित गरिएको थियो ।

यस्तै सर्बोत्कृष्ट भाषाभाषी गीत तर्फ हर्क पाल (अनुुप), सर्बोत्कृष्ट भाषाभाषी गीत शब्द हरि सुधामा जैशी, पब्लिक च्वाइस तारा प्रसाद जोशी, सर्बोत्कृष्ट भाषाभाषी गीत लय शुशिल बोहरा, सर्बोत्कृष्ट भाषाभाषी गीत गायन (पुरुष) केशब भट्ट, आयुस सुनार पब्लीक च्वाइस, सर्बोत्कृष्ट भाषाभाषी गीत गायन (महिला) कान्ती गिरी, सर्बोत्कृष्ट भाषाभाषी म्युजिक भिडियो निर्देशक दिपक पन्त, सर्बोत्कृष्ट भाषाभाषी म्युजिक भिडियो छायांकार बसन्त कुवर जुरी र दया शकंर चौधरी सर्बोत्कृष्ट भाषाभाषी म्युजिक भिडियो दृश्य सम्पादन, पदम जोशी (पीआर), सर्बोत्कृष्ट भाषाभाषी गीत मोडल (पुरुष) दिपेश खत्री, जुरी पश्चिमकी चेलि कृष्ण बिसि, सर्बोत्कृष्ट भाषाभाषी गीत मोडल (महिला) रितु चौधरी, सर्बोत्कृष्ट भाषाभाषी गित म्यूजिक भिडियो श्रृंगार लक्ष्मी चौधरी, सर्बोत्कृष्ट देउडा गीत गायन (पुरुष) शेरी आउजी, सर्बोत्कृष्ट देउडा गीत गायन (महिला) निरुता खत्री, सर्बोत्कृष्ट देउडा गीत नव–गायन (पुरुष) नागाजुन दिनेश, सर्बोत्कृष्ट देउडा गीत नव–गायन–महिला बिपना सिह, सर्बोत्कृष्ट देउडा गीत मोडल (पुरुष) भावेश बिसि, सर्बोत्कृष्ट देउडा गीत मोडल (महिला) तुल्सी बिस्वकर्मा, सरस्वती धामी जुरी, सर्बोत्कृष्ट देउडा गितनव–मोडल (पुरुष) केशव पन्त, सर्बोत्कृष्ट देउडा गीत नव–मोडल (महिला) लक्ष्मी साउँद, आरती बुढा जुरी, सर्बोत्कृष्ट आधुनिक गीत गायन (पुरुष) अर्जुन पार्की (बसन्त), बसन्त साधक पब्लीक च्वाइस, पब्लीक च्वाइस झलक पाली, सर्बोत्कृष्ट उद्घोषक (पुरुष) केपी कलौनी, प्रेम विवश चन्द पब्लीक च्वाइसबाट अवार्ड प्रदान गरिएको थियो ।

सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रसिं रावलको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री रामेश्वर चोधरी, सुदूरपश्चिमका प्रदेश सभा सदस्य रक्षा महरा, सिवसिं वली लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्