पुस- २० बैतडी सतबाँझ
सुन्दर समाजवादको यात्री
रगत र पसिनाले लेखिएको
इतिहासको त्यो पाना पल्टाउँदा
त्याग, तपस्या र बलिदान
आँखा अगाडि उभिन्छन्।
झुपडीदेखि संसदसम्म
जनताको पीडाको बोझ बोकेर
हिँडिरहेछ एउटा अविराम यात्रा
सुन्दर समाजवादको सपना बोकेर।
न सत्ता नै अन्तिम लक्ष्य हो,
न सुविधा नै चाहना,
जनसेवामा समर्पित हुनु
कम्युनिष्ट आत्माको पहिचान हो।
तर बाटो कहिल्यै सजिलो भएन,
आदर्शमाथि धुलो छ्याप्नेहरू छन्,
नाम कम्युनिष्ट, कर्म स्वार्थी
यात्रामा काँडा छर्नेहरू छन्।
फेरि पनि
सत्य कहिल्यै हार्दैन,
जनताको चेतनाले
झुटो मुखौटा च्यात्दछ।
त्यसैले उठ्,
आफ्नो इतिहास सम्झ,
नेपाली कम्युनिष्ट पार्टी
सुन्दर समाजवादको
साँचो यात्री हो।
(कविता/लेख : स्वेता भट्ट) जुझारु नेतृ नेपाल कम्युनिस्ट पार्टी










प्रतिक्रिया दिनुहोस्