images
images

बैतडीका सन्ताेष सर्वोत्कृष्ट कला पत्रकारिताबाट सम्मानित

बैतडी– बैतडीका पाण्डेय सम्मानित भएका छन् ।

कैलालीको धनगढीमा सम्पन्न तेस्रो सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८१ मा पत्रकार सन्तोष पाण्डेय ‘सर्वोत्कृष्ट कला पत्रकारिता’ अवार्डबाट सम्मानित भएका छन् ।

जिल्लाकाे पाटन २ घर भएका पाण्डेय विगत एक दशक देखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेका छन्।

सुप इन्टरटेन्मेन्ट हाउस प्रा.लि. र बाडुल्की मिडिया हाउस प्रा.लि को आयोजनामा सोमबार भएको अवार्ड बितरण तथा श्रष्टा सम्मान कार्यक्रम द रेसिडेन्सी इन वैभव प्यालेस एण्ड रिसोर्ट धनगढीमा सम्पन्न भएको थियो।

सम्मानित भएका पत्रकार पाण्डेयले याे सम्मानले थप हौसला र जिम्मेवारी महशुस भएको बताए ।

आयोजक र भोट गरि सहयोग गर्ने सहयोगी सबैलाई उनले धन्यवाद व्यक्त गरेका छन ।

पाण्डेय अत्तरिया न्युजका बैतडी सम्वाददाता र गोदावरी पत्रकार मंचका सस्थापक सदस्य पनि हुन ।

प्रतिक्रिया दिनुहोस्