बैतडी- बैतडी घर भएका शिक्षक भट्टलाई प्रादेशिक प्रतिभा पुरस्कार प्रदान गरिएकाे छ ।
सुदूरपश्चिम प्रदेशको भाषा, साहित्य र शिक्षण क्षेत्रमा क्रियाशील साहित्यकार नरेन्द्र भट्टलाई भाषा–साहित्य विधातर्फको प्रादेशिक प्रतिभा पुरस्कार प्रदान गरिएको हाे ।
जिल्लाकाे पाटन नगरपालिका–४, भट्टगाउँ निवासी भट्ट हाल ऐश्वर्य विद्या निकेतनका नेपाली विषयका शिक्षक हुन्।
भट्टको २०५६ मा प्रकाशित ‘शहीद पुत्र’ खण्डकाव्य चर्चित कृति हो। उनका थुप्रै कविता, गजल तथा समसामयिक लेखहरू राष्ट्रिय तथा स्थानीय पत्रपत्रिकाहरूमा प्रकाशित भइसकेका छन्।
पछिल्ला वर्षहरूमा उनी समालोचना तथा अनुसन्धानमूलक लेखनमा समेत सक्रिय छन्।
भट्टले नेपाली विषयमा एम.ए. तथा बी.एड सम्मको अध्ययन गरेका छन्।
हाल उनी पीएचडी स्कलरको रूपमा समेत आबद्ध छन्।
शिक्षण पेशासँगै साहित्य सेवा गरेका भट्टका कृतिहरूले साहित्यिक वृत्तमा पृथक् पहिचान बनाएका छन्।










प्रतिक्रिया दिनुहोस्