पूर्वाधार वाच, काठमाडौं ।
राष्ट्रिय मानव अधिकार आयोगका सहसचिव मुरारीप्रसाद खरेल सचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।
आयोगको कायममुकायम सचिवसमेत रहेका खरेललाई आइतबार बढुवाको लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सिफारिस गर्ने निर्णय गरेको आयोगका एक सदस्यले जानकारी दिए ।
आयोगमा विगत ३४ महिनादेखि सचिवविहीन अवस्थामा छ। आयोगले गत कात्तिकमा पनि खरेललाई नै सचिवमा बढुवा गर्न सिफारिस गरेको थियो।
तर त्यसबेला प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सिफारिस प्रक्रिया नपुगेको भन्दै पुन: सिफारिस पठाउन भनेको थियो। प्रधानमन्त्री कार्यालयले बढुवा गर्न अस्वीकार गरेका खरेललाई नै पुन: आयोगले सिफारिस गरी पठाएको हो ।










प्रतिक्रिया दिनुहोस्