images
images

सुनको मूल्यमा निरन्तर नयाँ रेकर्ड, आज कतिमा हुँदैछ कारोबार ?

पूर्वाधार वाच, काठमाडौं ।

सुनले उच्च मूल्य रेकर्ड बनाउने क्रम जारी राखेको छ । अघिल्लो दिनको तुलनामा १ सय रुपैयाँ बढेर मूल्य १ लाख ३६ हजार ३ सय रुपैयाँ पुगेको छ ।

अघिल्लो दिन तोलामा १ लाख ३६ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । विगत तीन सातामै सुनको मूल्य प्रतितोला ११ हजार ३ सय रुपैयाँ बढेको छ ।

चैत ४ गते प्रतितोला १ लाख २५ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो प्रतितोला १६८५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा कायम भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्