images
images

बैतडीमा दिन थालियाे एचपीभी खोप 

बैतडी— पाठेघरको मुखको क्यान्सरविरुद्ध दिइने एचपीभी खोप अभियान आजदेखि बैतडीमा सुरु गरिएको छ।

स्वास्थ्य कार्यालय बैतडीका अनुसार सरकारले नियमित खोप कार्यक्रममा समावेश गरेसँगै जिल्लाभर अभियान सञ्चालन गरिएको हो।

यो खोप लक्षित उमेर समूहका किशोरीहरूलाई निःशुल्क उपलब्ध गराइदै छ ।

विद्यालयमा अध्ययनरत लक्षित समूहका किशोरीलाई विद्यालयमै गएर खाेप  दिने व्यवस्था गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ।

एचपीभी खोपले भविष्यमा पाठेघरको मुखको क्यान्सरको जोखिम उल्लेख्य रूपमा घटाउने भएकाले अभिभावक तथा सरोकारवालाले लक्षित समूहका किशोरीलाई खोप कार्यक्रममा सहभागी गराउन अनुरोध गरिएको छ।

स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टका अनुसार यस वर्ष २४५३ किशोरीलाई नियमित खोप दिने लक्ष्य राखिएको छ।

प्रतिक्रिया दिनुहोस्