images
images

सिंगटी हाइड्रोको सेयर कारोबारका लागि बाटो खुला, ‘लकइन’ सकियो

पूर्वाधार वाच, काठमाडौं ।

सिंगटी हाइड्रोपावरको संस्थापक, आयोजना प्रभावित तथा कर्मचारीको सेयरमा लकइन अवधि सकिएको छ ।

लकइन अवधि सकिएसँगै आज मंगलबारदेखि कम्पनीको कुल १ करोड १६ लाख ५८ हजार कित्ता सेयर कारोबारका लागि बाटो खुलेको छ ।

आजदेखि ती सेयर सर्वसाधारणसरह कारोबारका लागि खुला हुनेछ । सिंगटीको संस्थापक समूहको १ करोड १ लाख ५० हजार कित्ता, प्रभावित स्थानीयको १४ लाख ५० हजार कित्ता र कर्मचारीको ५८ हजार कित्ता सेयरमा चैत २५ पछि लकइन अवधि सकिएको बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटलले सूचनामार्फत जनाएको छ ।

यसैबीच कम्पनीले यसअघि हकप्रद निष्कासनमा बिक्री नभएको सेयर बिक्रीका लागि गरेको शिलबन्दी बोलपत्र आवेदन आज मंगलबार खोल्ने भएको छ ।

कम्पनीले ४६ लाख ११ हजार ५३९ कित्ता साधारण सेयर लिलामी बिक्री गर्न शिलबन्दी बोलपत्र आवेदन माग गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्