images
images

बागमतीका बाँकी ढल प्रशोधन केन्द्र चाँडै सम्पन्न हुन्छन् : मन्त्री बुढा

पूर्वाधार वाच, काठमाडौं । 

शहरी विकास मन्त्री धनबहादुर बुढाले बागमती नदी सफाइसँग जोडिएका बाँकी ढल  प्रशोधन केन्द्रहरू चाँडै सम्पन्न हुने बताएका छन् ।

बुधवार मन्त्रालय अन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको ३० औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री बुढाले यस्तो बताएका हुन् ।

मुख्य ढल प्रशोधन केन्द्र बनिसकेको उल्लेख गर्दै  मन्त्री बुढाले बागमती सभ्यता व्यवस्थित बनाउन सबै पक्ष लाग्नुपर्नेमा जोड दिए ।

यस्तै आयोजना निर्देशक चक्रवर्ती कण्ठले  समितिको हाल सम्मको प्रगति, वर्तमान समस्या  र  आगामी दिनको  कार्यक्रमको विषयमा संक्षिप्त जानकारी गराएका थिए ।

काठमाडौं उपत्यकाभित्र बाग्मती र यसका सहायक नदी नालाहरूलाई स्वच्छ, सफा र हराभरा बनाएर नदी किनारमा रहेका धार्मिक, सांस्कृतिक तथा पुरातात्त्विक महत्वका धरोहरहरूको जगेर्ना गर्ने उद्देश्यसहित  वि।सं। २०५१ चैत्र २८ मा  समितिको स्थापना भएको हो  ।

समितिले बागमती नदीको किनारामा बहाव  क्षेत्र कायम हुने गरी ढल, सडक, हरित क्षेत्र, तटबन्ध तथा चेक ड्याम तथा ढल प्रशोधन केन्द्र निर्माण तथा सञ्चालन गरिरहेको छ ।
कार्यक्रममा मन्त्रालयका सचिव मणिराम गेलाल, काठमाडौं उपत्यका विकास प्राधिकरण नायब विकास आयुक्त नवराज प्याकुरेल, नयाँ शहर आयोजना कार्यालय निर्देशक एकराज अधिकारी , क्षेत्रीय शहरी विकास आयोजना प्रमुख रोशन श्रेष्ठ, स्थानीय पूर्वाधार विभागका महानिर्देशक भारतप्रसाद अर्याल, उपमहानिर्देशक महेशचन्द्र न्यौपाने, राष्ट्रिय आवास कम्पनीका अध्यक्ष सन्दीप मिश्र, निमित्त महाप्रबन्धक अश्विनी कुमार खड्का,अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिका निमित्त कार्यकारी निर्देशक दीपेन्द्र विक्रम सिंह, नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजना प्रमुख डा। युवराज पौडेल लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्