पूर्वाधार वाच, काठमाडौं ।
सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेका छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सरकारको आगामी वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
संसद्का दुवै सदनलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विभिन्न महत्वाकांक्षी नीति तथा कार्यक्रम घोषणा गरेका छन् । जसअन्तर्गत राष्ट्रिय गौरवका आयोजनामा तीव्रतादेखि बुढीगण्डकी निर्माण थाल्नेसम्म रहेका छन् ।
यस्तै ५ लाख भूमिहीनलाई जग्गा दिने, आगामी दशकलाई सूचना प्रविधिको दशक घोषणासहित ५ हजारलाई रोजगारी दिनेजस्ता कार्यक्रम अघि सारिएको छ । त्यस्तै १ हजारलाई स्टार्टअप उद्योगमा सहुलीयत कर्जा, खाद्य प्रशोधन केन्द्र, कृषि लगानी दशकलगायतका योजनालाई पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।
वार्षिक बजेटअघि संयुक्त सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ । आगामी आर्थिक वर्षका लागि सरकारका प्राथमिकताका विषय यसमा समेटिने गर्छ ।
पूर्णपाठ…










प्रतिक्रिया दिनुहोस्