images
images

काठमाडौंको उत्तरतर्फ नयाँ नगर बन्ने, ३ वटा शहरलाई ‘नमूना स्मार्ट सिटी’ बनाइँदै

पूर्वाधार वाच, काठमाडौं ।

काठमाडौंको उत्तरी क्षेत्रमा नयाँ नगर निर्माण अघि बढाउने सरकारले घाेषणा गरेकाे छ। मंगलबार संघीय संसद्‌मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले स्थानीय तह र निजी क्षेत्रको सहकार्यमा नयाँ नगर निर्माण अघि बढाउने बताएका हुन्।

यता निर्माणाध‌ीन नयाँ शहरहरुमध्ये प्राथमिकीकरणका आधारमा ३ वटा शहरलाई नमूना स्मार्ट सिटीको रूपमा विकास गरिने पनि सरकारले उल्लेख गरेकाे छ।

यस्तै क्लस्टर सिटीको अवधारणमा लुम्बिनी, पोखरा र जनकपुरमा एकीकृत सहरी पूर्वाधार निर्माण गरिने भएको छ भने काठमाडौं उपत्यकाको वृहत्तर गुरूयोजनाको प्रभावकारी कार्यान्वयन समेत गरिने भएको छ।

प्रतिक्रिया दिनुहोस्