पूर्वाधार वाच, काठमाडौं ।
२ लाख रुपैयाँ घुससहित एक जना पक्राउ परेका छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नम्बर २ बस्ने धुब्र बहादुर कडायतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।
उनले चन्द्रागिरी २ का वडाअध्यक्ष भाई कृष्ण तामाङको निर्देशनमा घुस लिएका हुन् ।व्यवसाय स्थानान्तरणको सिफारिसका लागि वडा अध्यक्ष तामाङले कडायतमार्फत घुस असुलेका हुन् ।
अख्तियारको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले उनलाई बुधबार साँझ बलम्बुबाट पक्राउ गरेको हो । यसमा वडाअध्यक्ष तामाङविरुद्ध समेत अनुसन्धन हुने आयोगले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्