images
images

नेपाल प्रहरीका ७ डीआइजी र २० एसएसपीकाे सरूवा

पूर्वाधार वाच, काठमाडौं।

नेपाल प्रहरीका ७ जना प्रहरी नायव महानिरीक्षक (डीआइजी)को सरुवा तथा पदस्थापन
भएको छ । सोमबार गृह मन्त्रालयले ३ जना डीआइजीपीहरुको सरुवा र ४ जनाको पदस्थापन गरिएको बताएको हो ।

कर्णाली प्रदेश प्रहरी कार्यालयमा अर्जुन चन्द ठकुरीलाई पठाइएको छ । कर्णालीमा कार्यरत डीआईजी लालमणी आचार्यलाई अवधि नपुग्दै हटाइएको छ । आचार्यलाई भरतपुरस्थित जुनियर प्रहरी शिक्षालयमा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ।

रामदत्त जोशीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा सरुवा गरिएको छ । उनी विशेष ब्यूरोमा कार्यरत थिए ।

यस्तै २० जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरुको पनि सरुवा गरिएको भएको गृहले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्