images
images

२७ सय रुपैयाँले घट्यो सुनको मूल्य

पूर्वाधार वाच, काठमाडौं ।

नेपाली बजारमा सुनको मूल्य बुधबार तोलामा २७ सय रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २७ सय रुपैयाँले घटेर १ लाख ३४ हजार ५०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३३ हजार ८५० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि, मंगलबार छापावाल सुन १ लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ३६ हजार ५५० रुपैयाँ निर्धारण भएको थियो ।
आज चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले घटेर १६ सय ३० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १६ सय ५० रुपैयाँ कायम रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्