- कैलाली –सुदूरपश्चिम प्रदेशका नवनियुक्त आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले पदभार ग्रहण गरेका छन् । सोमवार मन्त्रीमा नियुक्त भएका पालले सोमबार नै मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्दै मन्त्री पालले संविधान बमोजिम जनपक्षीय काम गर्ने प्रतिबद्धतासहितको पहिलो निर्णय गरेका छन् । पदभार ग्रहण गरेपछि मन्त्रालयका कर्मचारीसँगको परिचयात्मक कार्यक्रममा बोल्दै मन्त्री पालले संविधान र कानुनको परिधीभित्र रहेर सुधारात्मक काम गर्ने प्रतिबद्धता जनाएका हुन् ।


निको खबर 







प्रतिक्रिया दिनुहोस्