images
images

बैतडीकाे सुर्नया गाउँपालिका वडा नं २ ले बाँड्याे ७२ डस्टबिन

बैतडी-बैतडीकाे सुर्नया गाउँपालिका वडा नं २ ले डस्टबिन वितरण गरेको छ। वडा भित्रका सामुदायिक तथा संस्थागत विद्यालय, स्वास्थ्य चाैकी र पसल व्यवसायीहरुलाई डस्टबिन वितरण गरेकाे हाे ।

वातावरण सफा र स्वच्छ राख्न डस्टबिन वितरण गरिएका सुर्नया गाउँपालिका वडा नं २ का वडा अध्यक्ष गणेश बहादुर विष्टले जानकारी दिए । वडाकाे ५० हजार बजेटबाट डस्टबिन खरिद गरेर वितरण गरिएका उनले बताए ।

वडा नं २ भित्र रहेका ६ ओटा सामुदायिक र एक संस्थागत गरि ७ ओटा विद्यालयमा प्रत्येक कक्षा काेठा अगाडि राख्ने गरेर डस्टबिन वितरण गरिएका वडा अध्यक्ष विष्टले बताए ।

फोहाेर व्यवस्थापन गरि वातावरण सफा राख्न विद्यालय , स्वास्थ्य चाैकी , पसलहरु गरेर वडाले ७२ डस्टबिन वितरण गरेकाे छ । गत वर्ष मुख्य बजारहरुमा डस्टबिन वितरण गरेकाे वडाले याे वर्ष विद्यालय , स्वास्थचाैकी र गाउँटाेलका पसलहरुमा समेत डस्टबिन दिएकाे हाे ।

वितरण गरिएका डस्टबिनले फाेहाेर व्यवस्थापनमा सहज हुने अपेक्षा गरिएकाे छ । वडाले बाँडेका डस्टबिनले फाेहाेर व्यवस्थापन गर्न सहज भएकाे विद्यालयहरुकाे भनाई छ । जनप्रतिनिधि र कर्मचारीहरले मंगलबार विद्यालयमै  गएर डस्टबिन वितरण गरका हुन् ।

प्रतिक्रिया दिनुहोस्