सुर्नया गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा

बैतडी – बैतडीको सुर्नया गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ।

गाउँपालिकाभरिका खोप पाउनुपर्ने उमेरका सबै बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार खोप प्राप्त गरेको सुनिश्चित भएपछि शनिबार एक कार्यक्रमका बीच गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो।

स्वास्थ्य शाखा प्रमुख रामसिंह महराका अनुसार गाउँपालिकाभित्र जन्मेदेखि १५ महिनासम्मका ३२२, १६ महिनादेखि २३ महिनासम्मका १८७ तथा २४ महिनादेखि ५९ महिनासम्मका ९०६ जना बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसारका सबै खोप प्राप्त गरेका छन्।

 

राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत बालबालिकालाई बिसिजी, डिपीटी, हेपबि–हिब, पिसिभी, पोलियो, रोटा, एफआइपिभी, पेन्टाभ्यालेन्ट, एमआर र जेई लगायतका खोप लगाइँदै आएको छ।

गाउँपालिकाका सबै ८ वटा वडा पूर्ण खोप सुनिश्चित घोषणा भइसकेपछि पालिकालाई पनि पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो। सुर्नया गाउँपालिकामा रहेका २५ वटा खोप केन्द्रमार्फत बालबालिकालाई नियमित खोप सेवा प्रदान गरिँदै आएको छ।

पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा कार्यक्रममा ८ वटै वडालाई पूर्ण खोप सुनिश्चित वडाको प्रमाणपत्र प्रदान गरिएको थियो। यसअघि प्रत्येक वडामा आयोजना गरिएका पूर्ण खोप सुनिश्चित वडा घोषणा कार्यक्रममा ६६ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको स्वास्थ्य शाखा प्रमुख महराले जानकारी दिए।

कार्यक्रममा बोल्दै पालिका खोप समन्वय समितिका संयोजक तथा गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले स्वास्थ्य क्षेत्रलाई गाउँपालिकाको उच्च प्राथमिकतामा राखिएको बताउँदै बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि खोप कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गरिएको बताए।

प्रतिक्रिया दिनुहोस्

images
निको खबर
images
SKIP THIS