रास्वपा सुर्नयाद्वारा अनुशासनमा जोड, स्वेच्छाचारी गतिविधि नगर्न आग्रह

बैतडी– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुर्नया गाउँपालिका समिति, बैतडीले पार्टीको नाम उल्लेख गरी अनधिकृत रूपमा कुनै पनि गतिविधि सञ्चालन नगर्न सबै सदस्य, शुभेच्छुक तथा समर्थकलाई निर्देशन दिएको छ।

समितिले जारी गरेको सूचनामा गाउँपालिका समितिको आधिकारिक निर्णय, निर्देशन वा पूर्वजानकारीबिना पार्टीको नाममा कुनै कार्यक्रम, गतिविधि, विरोध, अवरोध वा अन्य कुनै कार्य नगर्न आग्रह गरिएको  सुर्नया घर भएका रास्वपाका नेता   सुरेश विष्टले बताए ।

सार्वजनिक सरोकारका विषयमा पार्टीका तर्फबाट खबरदारी, ध्यानाकर्षण वा अन्य कार्यक्रम आवश्यक परेमा गाउँपालिका समितिलाई जानकारी गराई समितिको निर्णय तथा निर्देशनबमोजिम मात्र अघि बढाइने उल्लेख गरिएको छ।

यस्तै, सूचना जारी भएपछि व्यक्तिगत रूपमा गरिएका कुनै पनि गतिविधि वा त्यसबाट उत्पन्न हुने सम्पूर्ण जिम्मेवारी सम्बन्धित व्यक्ति स्वयंको हुने तथा त्यस्ता गतिविधिलाई पार्टीको आधिकारिक निर्णय वा धारणा नमानिने स्पष्ट पारिएको छ।

समितिले पार्टीको अनुशासन, मर्यादा र संगठनात्मक एकता कायम राख्न सबै सदस्य तथा शुभेच्छुकलाई सूचनाको पूर्ण पालना गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

images
निको खबर
images
SKIP THIS