images
images

बैतडीकाे देहिमाण्डाैंमा प्रभु, नागरिकलाई सेवाका लागि सहज

बैतडी-प्रभु बैंकले बैतडीकाे देहिमाण्डाैंमा शाखा स्थापना गरेको छ। नागरिकहरुकाे बैंकिङ पहुँच सहज बनाउन स्थापना गरिएकाे शाखा बुधवारबाट सञ्चालनमा आएको हाे ।

बैंकिङ पहुँच विस्तारका लागि  जिल्लाकाे दशरथचन्द नगरपालिका वडा नं २ देहिमाण्डाैं बजारमा  शाखा विस्तार गरिएकाे शाखा प्रबन्धक सुरेश बिष्टले जानकारी दिए।

यो शाखाबाट नागरिकहरुल प्रभु बैंकबाट पाउने पूर्ण बैंकिङ सेवा पाउने उनले बताए।
बैंकले एटीमसहित सबै बैंकिङ कारोबार सञ्चालनमा ल्याएको बताएकाे छ ।

(क) वर्गको वाणिज्य बैंकको रुपमा रहेको प्रभु बैंकले बैतडीमा ३ सय ३ शाखा विस्तार गरिसकेकाे जनाएकाे छ ।देहीमाण्डौंमा बैंक सञ्चालनमा आएपछि स्थानीय नागरिकहरु खुसि छन् ।

प्रभु बैंककाे शाखा विस्तार भएपछि बैंकिङ कारोबारका लागि सहज भएको स्थानीय युवा मनाेज बाेहराले बताए ।बैंकिङ काराेबारका लागि यहाँका नागरिकहरुलाई सदरमुकाम जानू पर्ने बाध्यता थियाे ।

याे शाखा विस्तारले टाढा जानू पर्ने बाध्यता हटेकाे र अब नागिरकहरुलाई सेवा लिन सहज हुने अपेक्षा गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्