हत्याको कारण भने अझै खुलेको छैन। तर, भागरथी र हत्या गरिएका पुरुषको चिनजान पुरानै रहेको खुलेको छ। स्थानीयले दोषीलाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय पाटन घेराउ गरेका छन्।
बैतडी-बैतडीमा ५१ बर्षिय बिरभानको शव फेला परेको छ । जिल्लाको पाटन नगरपालिका ६ सुकेलीका ५१ बर्षिय बिरभान सिहं बिष्टको शव फेला परेको हो । बिष्टको शव नग्न पारेर प्लास्टिकले बेरेको अवस्थामा फेला परेको हो । प्रहरीका अनुसार २६ वर्षीया भागरथी विष्टले पुरुषको हत्या गरेको स्वीकार गरेकी छन्। भागरथीले ती पुरुषको हत्या गरेर शव व्यवस्थापन गर्न एक अटो चालकलाई जिम्मा दिएको बयान समेत दिएकी छन्। भागरथी सहस्त्रलिङ्ग प्राविमा राहत शिक्षिकाको रुपमा कार्यरत छन्।
नजिकैको खोल्सामा फेला परेको बताइएकाे छ । प्रहरीका अनुसार भागरथीले असार १ गते आफ्नै घरमा विरभानको हत्या गरेकी थिइन्।










प्रतिक्रिया दिनुहोस्