बैतडी- नदीमा डुबेर बैतडीका एक बालिकाकाे मृत्यु भएकाे छ।
जिल्लाको शिवनाथ गाउँपालिका १ स्वालाकि १५ वर्षीया रजनी चाँड महाकाली नदिमा डुबेर मृत्यु भएकाे बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिए।
शिवनाथ गाउँपालिका १ कुस्मतघाटस्थित महाकाली नदीमा शनिबार १० बजेतिर नुहाउने क्रममा डुबेर रजनी बेपत्ता भएकी र डुबेकाे केहीबेरपछि नेपाल प्रहरी र स्थानीय बासिन्दाले रजनीकाे मृत उद्धार गरेकाे थियाे।
रजनीसंगै महाकालीमा नुहाउन गएकी साेही ठाउँकी १२ वर्षीया अस्मिता चाँड पनि बेपता रहेकी छन्।
बेपत्ता अस्मिताकाे खाेजी कार्य जारी रहेकाे छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।










प्रतिक्रिया दिनुहोस्