बैतडी –बैतडीमा ट्याक्टर दुर्घटना भएकाे छ। जिल्लाकाे मेलौली नगरपालिका–३ कुजागाड स्थित तलखेत भन्ने ठाउँमा आइबार बिहान ८ बजे ट्याक्टर दुर्घटना भएकाे हाे । ट्याक्टर दुर्घटना हुँदा २ जना बालिकाहरु घाइते भएकी छिन्। कुजागाड सडकखण्डमा ढुंगा लोड गर्ने क्रममा सु प प्र ०२ च ००२ त ४३७० नम्बरको ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिए।
घाइते बालिकाहरुकाे स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भैरहेकाे छ । ट्याक्टर सडकबाट सय मिटर तल खसेको थियो।
प्रहरीका अनुसार दुर्घटनामा परेकाे ट्याक्टरको अगाडीको भाग स्थानीयकाे घरकाे छतमा परेकाे छ भने पछाडीको भाग घरअगाडिको बारीमा पुगेको छ । घरमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ ।










प्रतिक्रिया दिनुहोस्