बैतडी-लिजामा बैतडीकाे पुर्चाैडी नगरपालिकादे राम्राे अङ्क ल्याएकाे छ । २०७९÷८०को स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कन लिजा अनुसार बैतडीमा सबैभन्दा उत्कृष्ट अङ्क ल्याएकाे हाे । जिल्लाका १० स्थानीय तह मध्ये पुर्चाैडी नगरपालिका लिजामा राम्राे अङ्कका साथ उत्कृष्ट देखिएकाे छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहिबार जारी गरेको नतिजा अनुसार पुर्चाैडी नगरपालिकाले ८१.२५ अङ्क प्राप्त गरेर उत्कृष्ट भएकाे छ । दशरथचन्दोद नगरपालिकाले ७०.२५ गडाकेदार गाउँपालिकाले ७३.५०, पाटन नगरपालिकाले ४८.२५,मेलाैली नगरपालिकाले ५७.२५ शिवनाथ गाउँपालिकाले ६७.५०, डिलासैनी गाउँपालिकाले ६४, सिगास गाउँपालिकाले ६३.७५, पञ्चेश्वर गाउँपालिको ५९.५० अङ्क प्राप्त गरेकाे छ । यस्तै सुर्नया गाउँपालिकाले ४०.२५ ल्याएकाे छ ।
प्रशासकीय प्रवन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन, वित्तिय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायीक कार्यसम्पादन, भातिक पुर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन र सहाकार्य र समन्वय गरी १० सूचकमा मुल्याङकन हुने गरेको छ ।
स्थानीय तहको कार्यप्रक्रिया र उपलब्धिको लेखाजोखा गरी शासकीय प्रकृया र विकास व्यवथापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरू पहिचान गर्ने, आवधिक समीक्षको आधार प्राप्त गर्ने र स्थानीय सरकारवीच स्वस्थ प्रतिष्पर्धाको भावना जागृत गराउने उद्देश्यले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन लिजाकाे अवधारणा ल्याइएको बताइन्छ ।










प्रतिक्रिया दिनुहोस्