बैतडी- बैतडीकाे सुर्नया गाउँपालिकामा हुने देउडा प्रतियाेगीतामा पुरुष देउडीयाहरु पनि सहभागि हुन पाउने भएका छन् ।
हिन्दु नारीहरुकाे महान पर्व हरितालिका तीजकाे अवसरमा यहि भदाै १९र २० गते हुने देउडा प्रतियोगितामा पुरुष देउडीया प्रतियाेगिहरु पनि सहभागि हुन पाउने भएका हुन ।
यस अघि महिला देउडीया मात्रै सहभागि गराएर देउडा प्रतियोगिता गर्न लागेकाे पालिकाले अहिले पुरुषलाई पनि समेटेर कार्यक्रम हुने जनाएकाे छ ।
पालिकाले आयाेजना गर्न लागेकाे देउडा प्रतियोगितामा आफुहरुले पनि सहभागी हुन पाउनु पर्छ भन्ने पालिका भित्रका पुरुष देउडीयाहरुकाे आवाज उठेकाले महिला तथा पुरुष दुबै पक्षलाई समेटेर देउडा प्रतियागिता गर्ने निर्णय गरिएकाे गाउँपालिका उपाध्य मञ्जु बाेहराले जानकारी दिइन् ।
गाउँपालिकाकाे महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकाे आयाेजनामा हुने देउडा प्रतियोगितामा देउडा प्रेमि महिला र पुरुषहरुले टिम बनाएर सहभागी हुन पाउने छन् ।
यस्तै गाउँपालिकाले सञ्चालन गर्ने तीज विशेष सहितकाे देउडा प्रतियोगिता कार्यक्रममा देउडा गायक तथा कलाकार अमृत नाथकाे प्रस्तुति समेत रहने छ ।
कलाकार नाथकाे प्रस्तुति २० गते रहने छ । देउडा प्रतियाेगितामा पुरस्कारकाे समेत व्यवस्था गरिएकाे छ ।
प्रतियोगिताकाे प्रथम पुरस्कार १० हजार , द्वितीय पुरस्कार ८ हजार, तृतीय पुरस्कार ५ हजार राखिएकाे छ । यसैगरि सान्त्वना पर्ने देउडीयाले ३ हजार ५ सय नगद पाउने पालिकाले जनाएकाे छ ।
कार्यक्रम स्थल पनि परिवर्तन गरिएकाे छ ।पालिकाकाे प्रङ्गणमा हुने भनिएकाे कार्यक्रम अहिले परिवर्तन गरेर राैलेश्वर मावि रामकी बरायलमा राखिएकाे छ । जनसहभागितालाई मध्यनजर गरेर कार्यक्रम स्थल परिवर्तन गरिएकाे आयाेजकले जनाएकाे छ । सबै पालिकाबासीहरुलाइ कार्यक्रममा सहभागिताका लागि अनुराेध पनि गरिएकाे छ । कार्यक्रम भाेलि बिहान १० बजेबाट सुरु हुने बताइएकाे छ ।










प्रतिक्रिया दिनुहोस्