images
images

बैतडीकाे सुर्नया गाउँपालिकामा देउडा प्रतियाेगीता शुरु

बैतडी-बैतडीकाे सुर्नया गाउँपालिकामा देउडा प्रतियाेगीता शुरु भएकाे छ । गाउँपालिकाकाे आयाेजनामा वडा नं ५ काे राैलेश्वर मावि रामकी बरायलकाे प्राङ्गणमा महिला तथा पुरुष देउडा प्रतियाेगिता बुधवारबाट शुरु भएकाे हाे ।

हिन्दु नारीहरुकाे महान पर्व हरितालिका तीजकाे अवसरमा पालिकाले देउडा प्रतियाेगिता आयाेजना गरेकाे हाे । महिला सञ्जाल सुर्नया संयाेजक निर्मला मडैकाे सभाध्यक्षता तथा गाउँपालिका उपाध्य मञ्जु बाेहराकाे प्रमुख आतिथ्यतामा कार्यक्रम शुरु भएकाे छ ।

कार्यक्रममा गाउँपालिका प्रवक्ता प्रताप महरा र पालिकाका सामाजिक विकास समिती संयाेजक केशब विष्टकाे विशिष्ट आतिथ्यता रहेकाे छ । यस्तै कार्यक्रममा नेकपा एमालेका नेता नरेन्द्र विष्ट,वूर्व वडा अध्यक्ष एवं एकीकृत समाजवादीका नेता दिनेश प्रसाद भट्ट , वडा अध्यक्ष, अन्य जनप्रतिनिधि , कर्मचारीका साथै पालिकाबासीहरुकाे  उल्लेख्य उपस्थिति रहेकाे  छ । प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरुले कार्यक्रमकाे    उद्घाटन गरेका छन् ।

ब्यानर पढेर उनिहरुले देउडा प्रतियाेगिताकाे उद्घाटन गरेका हुन् । देउडा प्रतियोगितामा १० पुरुष र ९ महिला गरि १९ जना देउडीयाकाे सहभागिता रहेकाे छ ।

गाउँपालिकाकाे महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकाे आयाेजनामा शुरु भएकाे देउडा प्रतियोगिता भाेलि समापन हुने छ ।

भाेलि तीज विशेष सहितकाे देउडा प्रतियोगिता कार्यक्रममा देउडा गायक तथा कलाकार अमृत नाथकाे प्रस्तुति समेत रहने छ ।प्रतियाेगितामा पुरस्कारकाे समेत व्यवस्था गरिएकाे छ ।

प्रतियोगिताकाे प्रथम पुरस्कार १० हजार , द्वितीय पुरस्कार ८ हजार, तृतीय पुरस्कार ५ हजार राखिएकाे छ । यसैगरि सान्त्वना पर्ने देउडीयाले ३ हजार ५ सय नगद पाउने पालिकाले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्