images
images

बैतडीकाे काँडा बजारबाट प्रहरीले बरामद गर्याे ३२ बाेरा चिनी

बैतडी-प्रहरीले बैतडीकाे काँडाबजारबाट ३२बाेरा चिनी बरामद गरेकाे छ ।

  प्रहरिले जिल्लाको मेलौली नगरपालिका–७ काँडा बजारबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका १ लाख ४४ हजार मूल्य बराबरको १६ क्वीन्टल ३२ बोरा चिनी बरामद गरेकाे हाे ।

यस्तै प्रहरीले पञ्चेश्वर गाउँपालिका–३ बस्ने ट्क चालक ४८ वर्षीय दामोदर कलौनीलाई पनि पक्राउ गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बलराम पाण्डेयका अनुसार कलौनीले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३५१० नम्बरको ट्रकलाई इलाका प्रहरी कार्यालय तस्वदेही, बैतडीबाट खटिएको प्रहरी गस्ती टोलीले चेकजाँच गर्दा उक्त चिनी फेला परेकाे थियाे ।

उक्त ट्रक, चिनी र ट्रक चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्