images
images

काेलेनिका बैतडीका लेखापाल भट्ट उत्कृष्ट कर्मचारीकाे रुपमा सम्मानित

बैतडीका -काेष तथा लेखा नियन्त्रण कार्यालय बैतडीमा कार्यरत कर्मचारी भवानि भट्ट उत्कृष्ट कर्मचारीकाे रुपमा सम्मानित भएका छन् ।

लेखापाल पदमा कार्यरत कर्मचारी भट्टले ताेकिएकाे जिम्मेवारी उत्कृष्ट ढंगले सम्पादन गरेकाे भन्दै कार्यालयले शुक्रबार निजामती सेवा दिवस २०८१ काे अवसरमा खादा सहित सम्मान पत्र दिएर सम्मानित गरेकाे हाे ।

कार्यालयकाे समग्र सेवा प्रर्वाहकाे प्रभावकारिता अभिवृद्धिका लागि पुर्याएकाे याेगदानकाे कदर गर्दै कर्मचारी भट्टलाइ उत्कृष्ट कर्मचारी छनाेट गरि निजामती सेवा दिवसमा सम्मानित गरेकाे  काेष नियन्त्रक हरिदत्त पाण्डेयले बताए  ।

निजामती सेवा दिवसमा कार्यालयलेउत्कृष्ट कर्मचारी छनाेट गर्ने कार्यक्रम अनुसार भट्ट कार्यसम्पादनकाे आधारमा उत्कृष्ट देखिएकाले छनाेट गरि सम्मान गरेकाे उनले बताए ।

बैतडीकाे दाेगडा केदार गाउँपालिका- ७ चडेपानी घर भएका लेखापाल भट्ट काेष तथा लेखा नियन्त्रण कार्यलय बैतडीमा २०७८ साल देखि कार्यरत छन् ।

२०७३ सालमा सरकारी सेवामा प्रवेश गरेका भट्टले उत्कृष्ट कर्मचारीकाे रुपमा छनाेट भइ सम्मानित हुन पाउँदा खुसि लागेकाे बताए ।

कार्यालयकाे मुल्यांकन र सम्मानले थप काम गर्ने हा‌ैसला  समेत बढाएकाे उनकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्