बैतडी-बैतडीको प्रसिद्ध फाल्ङाशैनी भगवती मन्दिरमा भव्य मेला लाग्ने भएको छ ।
जिल्लाकाे सुर्नया गाउँपालिका वडा नं ५ स्थित प्रसिद्ध फाल्ङाशैनी भगवती मन्दिरमा यहि कार्तिक ३० गते जात्रा लाग्ने भएकाे हाे ।
याे मन्दिरमा हरेक वर्ष कार्तिक शुक्ल चतुर्दशीको अवसरमा पूजाआजा सहित जात्रा लाग्ने गर्दछ ।
फाल्ङाशैनी भगवती मन्दिरमा शुक्ल चतुर्दशीका दिन रागा तथा बोका बाधिने र कार्तिक पुर्णिमाका दिन बलि हुने फाल्ङशैनी भगवती मन्दिररका पुजारी बिष्णु दत्त भट्टले बताए ।
शुक्ल चतुर्दशीका दिन मेला शुरु भई पूर्णिमाको साँझ मेला सकिने उनले बताए ।याे जात्रा हेर्न बैतडी सदरमुकाम लगायत विभिन्न ठाउँबाट दर्शनार्थीहरु आउने गरेका स्थानीयहरुले बताए ।
पछिल्लाे समय सडककाे सुविधाका कारण भक्तजनकाे सङ्यामा वृद्धि हुँदै गएकाे वडा अध्यक्ष केशब सिहं विष्टले बताए।पवित्र मनले प्रसिद्ध फाल्ङाशैनी भगवतीको दर्शन गर्नाले मनोकामना पूरा हुने जनविश्वास रही आएको छ ।
यो जात्रालाई स्थानीय भाषामा भवानी जात भन्ने चलन रही आएको छ । जात्राकाे अवसरमा ३० गते गाउँपालिकाले सार्वजनिक बिदा समेत दिएकाे छ ।










प्रतिक्रिया दिनुहोस्