images
images

समाजसेवी युवा विष्टले गरे जन्मदिनको अवसरमा शिक्षण संस्था र कार्यालयमा भित्ते घडी वितरण

बैतडी-बैतडीका समाजसेवी युवा विष्टले   जन्मदिनकाे अवसरमा घडी वितरण गरेका छन् ।

जिल्लाकाे सुर्नया गाउँपालिका वडा नं २ ग्वानी घर भएका समाजसेवी बिनाेद बहादुर विष्टले आफ्नै पालिका भित्रका कार्यालय र शिक्षण संस्थामा २८ ओटा भित्ते घडी वितरण गरेका हुन् ।

सुर्नया गाउँपालिकाकाे कार्यालय, ८ ओटै वडा , वडा नं २ भित्र पर्ने अस्थाई प्रहरी चाैकी सतबाँझ, बाशुदेव स्वास्थ्य संस्था, बाशुलिङ्ग स्वास्थ्य इकाई सतबाँझ चाैपाडीमा घडी वितरण गरिएकाे छ ।

यस्तै सुर्नया ५ मा रहेकाे राैलेश्वर प्रहरीचाैकीमा पनि घडी वितरण गरिएकाे छ । यसै गरि वडा नं २ कै बासुदेव माविमा १४ ओेटा घडी वितरण गरिएकाे हाे । समयको जानकारी गराउने उद्देश्यले घडी वितरण गरिएका समाजसेवी युवा विष्टले बताए ।

सबैले समयकाे ख्याल राखुन, समयानुसार चल्न सकून् र आफूलाई परिवर्तन गर्न सकून् भन्ने उद्देश्यले घडी वितरण गरिएको उनले बताए ।

कार्तिक १० गते परेकाे जन्मदिनमा उनले घडी वितरण गर्ने निर्णय गरेका थिए । समाजसेवी बिष्टकाे आर्थिक सहयाेगमा खरिद गरिएका घडी कार्यालय र शिक्षण संस्थामै पुगेर आइतबार हस्तान्तरण गरिएका युवा निरज पाण्डेले जानकारी दिए ।

पालिका र वडाका लागि खरिद गरिएका घडी गाउँपालिकाका अध्य अम्मर बहादुर कुँवरलाई हस्तान्तरण गरिएकाे उनले बताए । घडी ग्रहण गर्दै अध्यक्ष कुँवरले समाजसेवी विष्टलाई उज्जवल भविष्यकाे कामना गर्दै धन्यवाद दिएका छन् ।

विष्टले जन्मदिनको अवसर पारेर गरेकाे कार्यले अहिले प्रशंसा बटुलि रहेकाे छ । जन्मदिनकाे अवसरमा बासुदेव माविकाे कार्यालय र प्रत्येक कार्यकक्षमा टाँस्ने गरि घडी प्रदान गरेकाे भन्दै विद्यालय परिवारले धन्यवाद व्यक्त गरेकाे छ ।

समाजसेवी विष्टले जन्मदनिकाे अवसर पारेर गरेकाे कार्य निकै प्रशंसनीय र सरहानीय रहेकाे बासुदेव माविका शिक्षक मान बहादुर चन्दले बताए ।

समाज परिवर्तनका लागि विष्टले गरिराखेका कार्य अनुकरणीय रहेका युवा नवराज धामीले बताए । राेजगारीकाे सिलसिलामा भारतकाे हैदराबादमा रहेका उनि समाजिक कार्यमा सकृय छन् । काेेराेना महामारीकाे समयमा नि: शुल्क एम्बुलेन्स सञ्चालन , नेपाल राष्ट्रिय मावि सिउडेमा ह्वाइट बाेर्ड वितरण गरेका उनले अहिले पालिका भित्रका कार्यालय र संस्थाहरुमा भित्ते घडी बाँडेका हुन् ।

गाउँ समाजको मुहार फेर्ने मनसायले सामाजिक कार्यमा सरिक हुँदै आएका बिनोद दुःख र पीडामा परेकालाई प्रवासबाटै आर्थिक सहयोग पनि गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्