बैतडी – बैतडी घर भएका विपिन जोशी जीवितै रहेकाे जनाइएकाे छ ।
प्यालेस्टिनी समूह हमासले १४ महिनादेखि बन्धक बनाएका बैतडीकाे दाेगडाकेदार गाउँपालपका- १ का जाेशी जीवितै रहेको इजरायलले जनाएको हाे । पुर्खाेलीघर बैतडी रहेका जाेशी कञ्चनपुरकाे महेन्द्रनगर बस्दै आएका थिए ।
जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नं १ घर भइ हाल कञ्चनपुर बस्दै आएका जोशी १४ महिना देखि हमासकाे नियन्त्रणमा छन ।
तर जाेशी छुटेका छैनन् । कूटनीतिक पहल नपुग्दा गत नोभेम्बरको युद्धविराममा पनि विपिन छुटेनन्। जीवितै भनिए पनि त्यसयता विपिनको अवस्था के छ भन्नेसम्म नेपाललाई थाहा छैन ।
अध्यायनका लागि इजरायल गएका विपिन अहिले सम्म घर नफर्किदा घर परिवार चिन्तित छ ।
गएको अक्टोबर ७ तारिखमा प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा आक्रमण शुरु गरेको थियो । त्यसबेला १० जना नेपालीसहित केहीले ज्यान गुमाएका थिए ।
नेपालका लागि नवनियुक्त इजरायली राजदूत शमुलिक ए. वासले जोशी गाजा क्षेत्रमा जिउँदै रहेको सूचना पाएको बताएका हुन् ।
‘अरबी देशको स्रोतबाट नेपाली विद्यार्थी विपिन जोशी जीवितै रहेको सूचना हामीले पाएका छौं,’ वासले बिहीबार काठमाडौंमा पत्रकारहरुसँगको भेटमा भने, ‘हाम्रा लागि विपिन निकै महत्वपूर्ण छन् ।
उनी छिट्टै काठमाडौं फर्किनेछन् ।’विपिनलाई हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायलको अलमिम किवुजबाट बन्धक बनाई गाजा क्षेत्र लगेको थियो ।राजदूत वासले विपिनलाई राखिएको ठाउँ भने अझै पहिचान भइनसकेको बताए ।
हमासले विपिनसहित २ सय ५१ जनालाई बन्धक बनाएर गाजा क्षेत्र लगिएको थियो । त्यसमध्ये दुई पटक भएको युद्धविराममा १ सय ५ जना रिहा गरिएको थियो भने ८ जनालाई इजराइली सेनाले उद्धार गरेको थियो ।
बन्धकमध्ये ३४ जनाको शव गाजा क्षेत्रमा भेटिइसकेको छ ।इजरायलका अनुसार विपिनसहित ९६ जना अझै हमासको नियन्त्रणमा छन् ।
उनीहरुको रिहाईका लागि पहल भइरहेको राजदूत वासले बताए । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ लिनुअघि इजरायल र हमासबीच युद्धविराम सम्झौता गर्ने प्रयास भइरहेको छ ।
यसका लागि कतारले पुनः इजरायल र हमासबीच मध्यस्थता गर्ने बताइएको छ । दुवै पक्षले वार्तालाई निचोडमा पुर्याउन चासो नदेखाएको भन्दै कतार एक महिनाअघि नै मध्यस्थताको भूमिकाबाट बाहिरिएको थियो ।










प्रतिक्रिया दिनुहोस्