images
images

बैतडीकाे बाशुदेव आवि तडीगाउँले मनायाे ७५औँ वार्षिकोत्सब

बैतडी-बैतडीकाे बाशुदेव आधारभूत विद्यालयले वार्षिकाेत्सव मनाएकाे छ ।

सुर्नया गाउँपालिका ३ तडिगाउँ स्थित आधारभूत विद्यालयले बिहीबार ७५ औँ वार्षिकोत्सब मनाएकाे हाे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भान देव भट्टकाे सभाध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष अम्मर बहादुर कुँवरकाे प्रमुख आतिथ्यतामा विभिन्न कार्यक्रम गरि वार्षिकाेत्सव मनाएकाे शिक्षक राजेन्द्र विश्वकर्माले बताए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मञ्जु बाेहरा, पालिका प्रवक्ता प्रताप महरा, वडा अध्यक्ष, विभिन्न राजनितीक दलका प्रतिनिधि, शिक्षक अभिभावकहरुकाे उपस्थिति रहेकाे थियाे ।

यस्तै कार्यक्रममा देउडा गायक जेआर भट्टकाे बेजाेड प्रस्तुति रहेकाे थियाे । उनले आफ्ना प्रस्तुुति पस्केर मनाेरञ्जन गराएका थिए ।

जेआरलाई विद्यालयले सम्मान समेत गरेकाे छ। सम्मान पत्र प्रदान गरेर गायक जेआरलाइ सम्मान गरेकाे शिक्षक बिरदेव भट्टले बताए ।

यस्तै विद्यार्थीहरुलाई पुरस्कार समेत  वितरण गरिएकाे छ । काठमाडौंकाे किर्तिपुरमा सञ्चालनमा रहेकाे दिया एजुकेशन सेन्टरका सञ्चालक एवं काेरियन भाषा  प्रशिक्षक विवेक भट्ट र जयराज भट्टले प्रथम  हुने विद्यार्थीहरुलाई नगद पुरस्कार वितरण  गरेका हुन् ।

बाशुदेव आधारभूत विद्यालयमा कक्षा १ देखि ८ सम्म प्रथम हुने विद्यार्थीहरुलाई प्रदान गर्न  पठाएकाे  ४ हजार रकम वार्षिकोत्सब कार्यक्रममा विद्यार्थीहरुलाई वितरण गरिएकाे हाे ।

भुतपुर्व विद्यार्थी समेत रहेका दुवैजना भाइले  विद्यालय प्रति देखाएकाे मायाकाे प्रशंसा गर्दै विद्यालय परिवारले धन्यवाद ज्ञापन गरेकाे छ।

प्रतिक्रिया दिनुहोस्