images
images

बालबच्चा पढाउन अत्तरिया गएकी बैतडीकी साउँद अल्पायुमै अस्ताइन

बैतडी– मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी बैतडीकी ३० बर्षीया हरु साउँदको मृत्यु भएको छ।

बैतडीकी साउदकाे माेटरसाईकल दुर्घटनामा परेर मृत्यु भएकाे छ । जिल्लाकाे शिवनाथ गाउँपालिका–४ कुङेफाँटा घर भएकी साउँदलाई कैलालीको अत्तरियामा वैशाख २३ गते मोटरसाइकलले ठक्कर दिएको थियो।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी साउँदको उपचारका क्रममा मायामेट्रो अस्पताल धनगढीमा मृत्यु भएको हाे ।

बच्चाहरुलाई पढाउनका लागि यही वैशाख २३ गते घरबाट अत्तरीया आएकी साउँदलाई सोही दिन साँझ मोटरसाइकलले ठक्कर दिएको थियो। मृतक साउँदका दुई छोरा रहेका छन्।

मृतक साउँदका श्रीमान हिक्मत साउँद रोजगारीको सिलसिलामा साउदी अरबमा रहेका बताइएकाे छ ।
साउँदलाई ठक्कर दिने मोटरसाइकल चालकलाई प्रहरीले   नियन्त्रणमा लिएको छ ।

बालबच्चा पढाउनका लागि अत्तरिया पुगेकी साउँदको निधन भएपछि घरपरिवारको विचल्ली भएको छ।

प्रतिक्रिया दिनुहोस्