बैतडी- पत्रकार महासंघ बैतडी उपाध्यक्ष ऋतुलाई पतिशाेक परेकाे छ ।
नेपाल पत्रकार महासंघ बैतडीका उपाध्यक्ष रतना कलाैनी(ओझा) ऋतुलाई पतिशाेक परेकाे हाे ।
काठमाडौंमा उपचाररत बैतडीको मेलौली नगरपालिका-६ गाजरीका रतनाका श्रीमान चूडामणि ओझाको आज बिहान निधन भएकाे हाे।
अचानक बेहाेस भएर ढलेपछि टाउकोमा चाेट लागेका चुडामणी गएकाे ३ हप्तादेखि सशस्त्र प्रहरी बलको अस्पताल, काठमाडौँमा उपचाररत हुनुहुन्थ्यो ।
टाउकाको शल्यक्रिया गरेर आइसीयूमा उपचाररत ओझाकाे आईतबार बिहान निधन भएकाे पारिवारिक स्राेतले जनाएकाे छ।
सशस्त्र प्रहरी बलमा कार्यरत ओझाको दरबन्दी बैतडी गुल्ममा रहेको थियाे।
अल्पायुमै मृत्युवरण गरेका ओझाका १ छाेरा रहेका बताइएकाे छ ।










प्रतिक्रिया दिनुहोस्