images
images

बैतडीकाे सुर्नयामा नीति तथा कार्यक्रम सर्वसम्मत पारित,४५ कराेड बढीकाे बजेट

बैतडी–बैतडीको सुर्नया गाउँपालिकाले  नीति तथा कार्यक्रम  पारित गरेकाे छ ।

अगामी  आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम मंगलबार गाउँसभाबाट पारित गरेको हाे ।

  उपाध्यक्ष मञ्जु बोहराले गाउँसभामा पेश गरेको नीति तथा कार्यक्रम सभाबाट सर्वसम्मत रुपमा पारित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोगराज जोशीले बताए ।

‘कृषि पर्यटन र पूर्वाधार, सुर्नया विकासको मूल आधार’नारासहित गाउँपालिकाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम ल्याएको उपाध्यक्ष बोहराले बताउनस भयाे ।

सभाध्यक्ष एवं सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरले समृद्ध र समुन्नत सुर्नयाका लागि सबैको सहकार्य आवश्यक रहेको बताउनु भएकाे  छ ।

यस्तै सभामा उपाध्यक्ष मञ्जु बोहराले आगामी आर्थिक बर्षका लागि ४५ करोड २२ लाख १० हजार ५७ रुपैयाँ बराबरको बजेट पेश गर्नुभएकाे छ ।

बजेट बाँडफाँडका बिषयमा कार्यपालिकामा छलफल गरेर पुनः असार १६ गते गाउँसभामा लगिने प्रमुख प्रशासकीय अधिकृत जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्