images
images

बैतडीकाे झाेकालीका युवाहरुलाई छाला प्रसाेधन सम्बन्धि सीप विकास तालिम

बैतडी– बैतडीकाे झाेकालीका युवाहहरुलाई  छाला प्रसाेधन सम्बन्धि सीप विकास तालिम दिइएकाे छ ।

जिल्लाकाे दशरथचन्द नगरपालिकाकाे पहल तथा  उद्योग वाणिाज्य तथा आपूर्ति मन्त्रलायकाे आर्थिक सहयाेगमा वडा नं १ काे झाेकालीका युवाहरुलाई तालिम दिइएकाे हाे ।

छाला प्रसाेधन सम्बन्धि  ५२ दिने तालिममा १५ जना युवाकाे सहभागिता रहेकाे थियाे । युवाहरुले तालिममा छाला प्रसाेधन गरेर जुत्ता बनाउन सिकेका छन्।

  तालिम पाउँदा युवाहरु पनि  खुसी  भएका छन् । तालिम मार्फत  आफुले जुत्ता  बनाउने  सीप सिकेकाे झाेकालीका युवा हरिश भुलले बताए ।

परम्परागत रुपमा सञ्चालन गर्दै आएकाे झाेकालीका नागरिकहरुकाे  पेसालाई आधुनिकता दिनका लागि छाला प्रसाेधन सम्बन्धि  तालिम दिइएकाे नगर प्रमुख पुष्कर राज जाेशी लख्खाभाईले बताए ।

युवाहरुलाई सीप सिकाएर स्वदेशमै गरिखाने वातावरण सिर्जना गर्न तालिमकाे पहल गरिएकाे उनले बताए ।

अहिले झाेकालीमा सीप विकासका लागि तालिम केन्द्र  स्थापना गरिएकाे छ भने कच्चापदार्थ निर्माणका लागि नजिकैकाे मैडीगाड खाेलामा खाड र ट्रस निर्माण गरिएकाे छ ।

साे ठाउँमा छाला भिजाएर कच्चापदार्थ निर्माण गर्न खाड निर्माण गरिएकाे दशरथचन्द  नगरपालिकाका  राेजगार शाखा संयाेजक नन्द राज जाेशीले बताए ।

नगर प्रमुख लख्खाभाइले चुनावका बेला  झाेकाली बस्तिका विपन्न समुदायका युवाहरुलाई सीपसिकाएर आत्मनिर्भर बनाउन पहल  गर्ने बाचा बाेलेका थिए ।

अहिले साे वाचा पूरा गरेपछि झाेकाली बस्तीका नागरिक हर्षित भएका छन् । नगरपालिकाले  दलितलक्षित कार्यक्रम सञ्चालन गरी लोप हुन लागेको परम्परागत पेसालाई संरक्षण गर्ने र त्यसलाई आयआर्जनको बाटोमा पुर्‍याउने लक्ष्य लिएको  नगर प्रमुख लख्खाभाईले बताए ।

उद्योग मन्त्रालय र  हाम्राे पहलमा झाेकालीमा  जुत्ता बनाउनका लागि  छाला प्रसाेधन सम्बन्धि  सीप विकास तालिम दिइएकाे र  केही दिनमै व्यवसायलाई अगाडि  बढाउन अन्य उपकरण प्रदान गरिने उनले बताए ।

यसबाट युवाहरु आत्मनिर्भर बन्ने  नगरपालिकाले  अपेक्षा गरेकाे छ । शुक्रबार  एक कार्यक्रमकाे आयाेजना गरेर तालिम केन्द्रकाे उद्घाटन,तालिममा सहभागिलाई प्रमाण पत्र र बनेका संरचनाहरुकाे निरीक्षण तथा अनुगमन गरिएकाे नगरपालिकाका राेजगार सहायक दिनेश राज भट्टले बताए ।

कार्यक्रममा नगर प्रमुख लख्खाभाई, प्रमुख प्रशासकीय अधिकृत नविनचन्द्र पाण्डेय, नगर प्रवक्ता अजव बहादुर पाण्डे,  वडा नं १ का कार्यबाहक वडा अध्यक्ष  करन सिंह भाट, वडा नं२ का अध्यक्ष सुर्यबहादुर बाेहरा,वडा नं ४का अध्यक्ष भानदेव भट्ट लगायतका अन्य जनप्रतिनिधि  र कर्मचारीहरुकाे सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्