बैतडी– बैतडीमा वर्षासँगै आएको हुरीले मकै बालीमा क्षति पुर्याएकाे छ ।
दुई दिन देखिकाे लगातारको वर्षासँगै आएको हुरीले जिल्लाका विभिन्न ठाउँका किसानले लगाएको मकै बालीमा क्षति पुर्याएकाे हो ।
वर्षा संगैकाे हुरीले पसाउन लागेको मकैको बोट ढालेर क्षति भएकाे सुर्नया ४ का किसान देवदत्त भट्टले बताए ।
पसाउन थालेको मकैको बोट वर्षा संगै आएको हुरीले सोत्तर पारेपछि किसान चिनतित छन् ।
उत्पादन दिने बेला बोट नै ढलेर क्षति भएपछि कृषक चिन्तित बनेका हुन्।










प्रतिक्रिया दिनुहोस्