images
images

बैतडीकाे दाेगडाकेदारमा बाँसनिगालाेका सामग्री  निर्माण सम्बन्धि तालिम सम्पन्न

बैतडी– बैतडीकाे दाेगडाकेदार गाउँपालिकामा बाँसनिगालाेका सामग्री निर्माण  सम्बन्धि तालिम  सम्पन्न भएकाे छ ।

गाउँपालिकाकाे आयाेजनामा वडा नं ३ मा सञ्चालित २१ दिने  सीपमूलक तालिम  मंगलबार सम्पन्न  भएकाे हाे ।

पालिका भित्रका धेरै जसाे व्यक्तिहरू बाँसनिगालाेका सामाग्री बनाएर आफ्नो जीविकोपार्जन गर्दै आएका छन् ।

उनीहरूको थप सीप विकास गर्न र व्यावसायिक बनाउनका लागि भन्दै तालिमको आयोजना गरिएको  गाउँपालिकाले  जनाइएको छ ।

बाँसनिगालाेका सामग्री निर्माण     सम्बन्धी सीप                विकासले यस क्षेत्रका    जनताको आम्दानीमा वृद्धि गर्न सहयोग पुग्ने गाउँपालिकाकाे  विश्वास  छ ।

प्रतिक्रिया दिनुहोस्