images
images

बैतडीको दोगडाकेदार पुर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा

बैतडी-बैतडीको दोगडाकेदार गाउँपालिका पुर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गरिएको छ।

मंगलवार एक कार्यक्रमकाे आयाेजना गरे पालिकालाई पूर्ण  संस्थागत सुत्केरी पालिका घाेषणा गरिएकाे हाे ।

नेपाल सरकारका उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यतामा गाउँपालिकालाई पुर्ण संस्थागत सुत्केरी पालिका घोषणा गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र नाथले जानकारी दिनुभयो।

उहाँका अनुसार गाउँपालिकाले तयार पारेको सूचक अनुसार गाउँपालिकाका सबै वडाहरु पुर्ण संस्थागत सुत्केरी वडा घोषणा भइसकेको र आज गाउँपालिकालाई पनी पुर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको हो।

गाउँपालिकाको सूचक प्रोटोकल अनुसार गर्भवती जाँच, टिटि खोप र आइरन चक्कीको नियमितता, सुत्केरी पछि आमा र बच्चाको जाँच लगायतका सूचकहरु पुर्ण भइसकेपछि गाउँपालिकालाई पुर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गरिएको उहाँले बताउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्