बैतडी– गृहमन्त्री रमेश लेखकले जिल्ला प्रहरी कार्यालय बैतडीकाे निरीक्षण गरेका छन् ।
गृहमन्त्री लेखकले शनिवार बिहान जिप्रकाको अनुगमन तथा निरीक्षण गरेका हुन् ।
बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार निरीक्षणका क्रममा गृहमन्त्री लेखकले जिप्रका लगायत जिल्लाका अन्य प्रहरी युनिट र शान्ति सुरक्षाका अवस्थामा जानकारी लिएका छन् ।
गृहमन्त्री लेखकलाई भवन अभावलगायतका विषयमा जानकारी गराइएको समेत उनले बताए ।
निरीक्षण पश्चात गृहमन्त्रीले आफ्नो कार्यकालमा भवन निर्माणका लागि बजेटको व्यवस्था गर्ने वचन दिएका बताइएकाे छ ।










प्रतिक्रिया दिनुहोस्