images
images

बैतडीकाे दोगडाकेदारका कुँवरकाे  आर्थिक अभावले उपचारमा समस्या!

बैतडी –बैतडीकोे दोगडाकेदारका कुँवरकाे उपचारमा समस्या भएकाे छ ।

जिल्लाकाे  दाेगडाकेदार  गाउँपालिका–२, ढिकगाडका ४४बर्षीय रणबहादुर कुँवरको उपचारमा आर्थिक अभावले उपचारमा समस्या भएको हाे  ।

 फाेक्साेकाे राेगबाट ग्रसित उनकाे आर्थिक अभावले उपचारमा समस्या भएकाे आफन्त अर्जुन कुँवरले बताए ।

भारतको बैंगलोरस्थित माता अस्पतालमा लामो समयदेखि उपचारमा रहेका कुँवरको अब फोक्सो प्रत्यारोपण गर्नुपर्ने र त्यसका लागि आर्थिक अभाव रहेको उनले  बताए ।

कुँवरको उपचारमा अहिलेसम्म धेरै रुपैयाँ खर्च भइसकेको र अब घरको कमाइले उपचार गर्न सक्ने अवस्था नरहेको बताइएको छ ।

रणबहादुर कुँवरको प्राण रक्षाका लागि सम्पूर्ण सहयोगी मनकारी व्यक्तिहरुलाई परिवारजनले सहयोगका लागि अपिल गरेका छन् ।

कुँवरको प्राण रक्षाका लागि बिरामी रणबहादुर कुँवरका भाइ अर्जुन कुँवरलाई ९८४८९७२४११ मा सम्पर्क गरी वा सोझै राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर ४०५०१००१२९२८४०१० मा रकम जमा गर्न सकिनेछ ।

 सबैको सहयोगले कुँवरको प्राण रक्षामा टेवा पुग्ने भएकाले सहयोगका लागि आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्