बैतडी- वर्षासंगै खसेकाे पहिराेले बैतडीकाे सुर्नया गाउँपालिका ७ स्थित केदार माध्यमिक विद्यालयमा क्षति पुगेकाे छ ।
साेमवार राति देखिकाे अविरल वर्षाका कारण स्कुल नजिकैकाे गुन्याखाेलाबाट खसेकाे पहिराेले केदार माध्यमिक विद्यालय कठमडामा क्षति पुगेकाे हाे।
पहिराेले विद्यालयकाे दुई काेठे शाैचालय र पानीकाे धारा भत्किएकाे शिक्षा प्रेमि स्थानीय युवा राम बहादुर विष्टले जानकारी दिए ।
यस्तै विद्यालयकाे चार काेठे पक्की भवन पहिराेकाे उच्च जाेखिममा परेकाे उनले बताए ।
खाेलामा माथिबाट पहिराे खसिरहेकाले भवन जाेखिममा परेकाे उनले बताए ।
माथिबाट पहिरो झर्ने खतरा बढेपछि त्रासकाे वातावरण सिर्जना भएर पठनपाठन समेत प्रभावित भएकाे विष्टले बताए ।










प्रतिक्रिया दिनुहोस्