बैतडी – बर्षाका कारण बैतडीका अधिकांश ग्रामीण कच्ची सडक अवरुद्ध भएका छन् ।
ग्रामीण कच्ची सडकका ठाउँठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएका हुन् ।
जिल्लाको सुर्नया गाउँपालिका भित्र पर्ने धरमघर सन्सेरिमाण्डाै सडक ठाउँठाउँमा पहिरो खस्दा अवरुद्ध बनेको छ ।
सो सडकको धेरै ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध बनेको स्थानीय देवदत्त भट्टले बताए ।
सडक अवरुद्घ भएर गाडी चल्न छाडेपछि जनता समस्या परेका उनले बताए ।
यस्तै वर्षादका कारण दुदिलाखान –गाँजरी सडक छेला–दुर्गाभवानी सडक, देहीमाण्डौं–दुर्गाभवानी सडक, अनारखोली –कैलपाल सडक,सिल्लेगडा–कटौजपानी सडक, ढुंगाड–गर्जे लगायतका सडकमा पनि सवारीसाधन सञ्चालनमा समस्या भएकाे चालकहरुले बताएका छन् ।
पहिराेका साथै सडक हिलाम्य भएपछि सवारीसाधन सञ्चालनमा समस्या भएकाे चालक हर्कबहादुर पाण्डेले बताए ।
यद्यपि बर्षाले अवरुद्ध भएका सडक सञ्चालनकाे प्रयास भैरहेकाे यहाँका स्थानीय तहहरुले जनाएका छन्










प्रतिक्रिया दिनुहोस्