images
images

नेकपा एमालेका पूर्व वडाकमिटी अध्यक्ष राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

बैतडी-नेपाल कम्युनिस्ट पार्टी नेकपा एमालेका पूर्व वडा कमिटी अध्यक्ष  राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् ।

बैतडीकाे सुर्नया गाउँपालिका वडा नं६ का पूर्व  एमाले वडा कमिटी अध्यक्ष मदन कुँवर रास्वपा प्रवेश गरेका हुन् ।

यस्तै एमाले निकट शिक्षक संगठनका सदस्य गंगादत्त अवस्थी पनि रास्वपा प्रवेश गरेका रास्वपाका  नेता एवं सुर्नया सम्पर्क व्यक्ति सुरेश विष्टले बताए ।

पछिल्लो समय रास्वपामा प्रवेश गर्नेकाे संख्या बढ्दै गएकाे उनले बताए ।

देशमा सुशासन र समृद्धि दिन पुराना पार्टीहरू असफल भएका भन्दै नागरिकहरु अहिले धमाधम रास्वपा प्रवेश गरिरहेका नेता विष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्